आलु बिग्रिएको गुनासोपछि अनुगमन, १५-२० दिनभित्रै भण्डारण गर्न सुझाव « Khabarhub

आलु बिग्रिएको गुनासोपछि अनुगमन, १५-२० दिनभित्रै भण्डारण गर्न सुझाव


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञ श्याम ढकालले अनुगमन गरे ।

तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृतको रुपमा काम गरेका उनी अहिले उम्रिएको आलु रोप्दा उत्पादन घट्ने समस्या नरहने बताउँछन् । ‘आलु उम्रिहाल्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर आलु भण्डारणमा ढिलाइ हुँदा यो समस्या आएको हो, खनेको १५ देखि २० दिनभित्रै भण्डारण गर्नुपर्नेमा करिब दुई महिनापछि मात्रै भण्डारण हुँदा समस्या निम्तिएको हो’, आलुविज्ञ ढकाल भन्छन्।

देशका ठूला शीतभण्डारणमा पनि यस्तो समस्या देखिएको छ तर समयमै आलु भण्डारण नहुनु, भण्डारणको सापेक्षिक आद्रता नाप्ने मात्रा समयमै नराख्नुजस्ता कारणले समस्या देखिएको उनी बताउँछन् । उम्रिएको आलु बोराबाट झिकेर टुसा फालेर फेरी बोरामा भण्डारण गरी राखेमा उत्पादनमा ठूलो असर नहुने आलुविज्ञ ढकालको भनाइ छ।

उनी भन्छन्, ‘भण्डारण गरिएका आलुका बोरालाई बेला बेलामा तलमाथी पारेर राख्नुपर्ने थियो, पहिलो वर्ष सञ्चालनमा ल्याइएकाले पनि रेखदेख गर्ने नियमित दुई प्राविधिक हुनुपर्ने र भण्डारण गर्नुअगावै सरसफाइ गरेर आलु बोरामा राख्नुपर्नेमा त्यसै राखिएकाले पनि समस्या देखिएको छ ।’

गत वैशाख तेस्रो सातामा सञ्चालनमा ल्याइएको यहाँको शीतभण्डारमा करिब एक हजार ४०० क्विन्टल आलु राखिएको छ । शीतभण्डार निर्माणमा भएको ढिलाइका कारण उपयुक्त समयमा आलु भण्डारण गर्न नसक्दा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन् ।

कृषकको आलु बिग्रिएर प्रयोग गर्न नमिल्ने भए बजार मूल्य हेरेर क्षतिपूर्तिको व्यवस्था गरिने रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउँछन् । आलु लगाउने समयसम्म शीतभण्डारमै सुरक्षित साथ भण्डारण गरेर राखिने हँुदा कृषकलाई नआत्तिन नगरपालिकाका प्रवक्ता न्यौपानेको अनुरोध छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : ५४ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा