‘उनी आउने’मा ओमविक्रम विष्ट « Khabarhub

‘उनी आउने’मा ओमविक्रम विष्ट


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली ‘पपसम्राट’का रुपमा परिचित गायक ओमविक्रम विष्टको नयाँ गीत ‘उनी आउने’ सार्वजनिक भएको छ । गीतमा ओमकै संगीत छ । हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिइरहेका विष्टले यो गीत केहीवर्षअघि नै तयार गरेका थिए ।

म्याक्स टिभी नेपालले निर्माण गरेको गीतको भिडिओमा अमेरिका बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै संजिता कोइराला पनि फिचर्ड छिन् ।

एलबम ‘मोडहरुमा’ समावेश यस गीतमा विजय शिवाकोटीको शब्द छ । एकदशक अघि फिल्म ‘कलिउड’ निर्देशन गरेका निर्देशक नवराज आचार्यले भिडियोको निर्देशन गरेका छन् । अमेरिकामा छायांकन गरिएको भिडियोमा भरत रेग्मीको सम्पादन तथा कलर ग्रेडिङ र शम्भु मोक्तानको छायांकन छ । भिडियोमा एन्सेर्ज गुरुङ, जङ्ग्बु शेर्पा र नवीन ढकालको पनि अभिनय रहेको छ ।

अभिनेता कोइरालाले गायक विष्टको गीतमा अभिनय गर्न पाउनु एउटा राम्रो अवसर भएको बताए । राजले अमेरिकामा रहँदा तीनवटा म्युजिक भिडिओमा अभिनय गरेका छन् । पछिल्लो पटक उनले तीन वर्षअर्घि अम्बिका गुरुङ र रामकृष्ण ढकालको गीतमा अमेरिकामा नै अभिनय गरेका थिए । कोइरालाले ‘पर्खि बसें’, ‘गुरु दक्षिणा’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘प्रितिको फुल’, ‘मसान’, ‘ऋतु’ लगायतका तीस बढी नेपाली फिल्मसँगै हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा पनि अभिनय गरेका छन् ।

गायक ओमका ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेउ तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, ’मलाई मात्रै हो कि प्रिति बिझाएको’जस्ता गीत हिट छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : २९ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको