‘काठमाडौँमा जन्मेको नेताको छोरा भन्दैमा सभापति बन्न नपाइने ?’ (भिडियो) « Khabarhub

‘काठमाडौँमा जन्मेको नेताको छोरा भन्दैमा सभापति बन्न नपाइने ?’ (भिडियो)


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू नेतृत्वमा पुग्न चाहेको बताएका छन् ।

शनिबार काठमाडौँमा १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको कै कारण पार्टी कमजोर भएको भन्दै आगामी महाविधेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका हुन् ।

उनले लोकतन्त्रलाई बलियो बनाउदै आम नेपालीले सोचेको मुलुक बनाउन आफु केन्द्रीय पार्टी सभापतिमा लड्न लागेको जानकारी दिए ।

नेता सिंहले उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने तर बाहिरबाट आएको नेतालाई ठूलो देख्ने रहेको उनले गुनासो पनि गरे ।

उनले आफू पार्टी नेतृत्वका लागि कुनै पनि आधारमा अयोग्य नभएको तर्क गर्दै भने, ‘काठमाडौमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो !’

पार्टी नेतृत्वमा पुगेका नेताहरुले मुलुकको परिवर्तनमा असाधारण योगदान दिएपनि अव भने बिश्राम दिने बेला आएको उनको भनाइ छ । उनले पार्टीलाई असफल बनाउने नेताहरुलाई अव दोहर्‍याउन नहुने धारणा राखे  । नेता सिंहले महाविधेशनको प्रक्रिया सुरु भइरहेकाले क्रियाशिल सदस्यता विवादलाई टुङ्ग्याउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ४७ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित