गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाई सुरु « Khabarhub

गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाई सुरु


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ ।

विश्वविद्यालयले आइतबार पठनपाठन सुरु गर्ने तयारी गरेको हो । नेपालमै पहिलो पटक खेलकूद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (बिआइटी) विषयको पढाइ सुरु गर्नुअघि  विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम शुभारम्भ गर्दै  विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले विद्यार्थीको  उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गरे ।

“नेपालको इतिहासमा  पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण देखिनु हामी सबैका लागि गौरवको विषय हो”, उनले भने, “गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुनकुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।”

‘नोलेज’, ‘एटिच्युड’ र ‘इन्डिभिजुअल विहेभियर’मा परिवर्तन गर्नसके शिक्षाका माध्यमबाट मुलुकलाई नै परिवर्तन गर्न सकिने बताउँदै यसका लागि गण्डकी प्रदेश सरकारसँग अझै छलफल गरेर अघि बढ्ने अध्यक्ष देवकोटाको  भनाइ थियो ।

गण्डकी प्रदेशका मुख्य सचिव डा दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुरुआतमै स्नातक तहमा खेलकूद व्यवस्थापनको अध्ययन सुरु हुनु खुसीको विषय भएको बताए । प्रदेशमा खेलकूद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उनले सर्टिफिकेटभन्दा पनि व्यावसायिक जनशक्तिको आवश्यकता औँल्याए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताए ।

हालका लागि दुई विषयमा अध्ययन शुरु गरिए पनि चाँडै नै बिफर्माको अध्यापन सुरु गरिने जानकारी दिँदै उपकुलपति प्रा डा.नवराज देवकोटाले युरोप तथा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनमा जोडने तयारी गरिरहेको बताए ।

उक्त विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम) मा १६, व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (विआइटी) मा ३१ र विफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ५९ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय