ऊन प्रशोधन गर्ने उपकरण नहुँदा समस्या « Khabarhub

ऊन प्रशोधन गर्ने उपकरण नहुँदा समस्या


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- नेपालमा ऊन प्रशोधन गर्ने उपकरण र प्रविधि नहुँदा समस्या भएको छ । उपकरण र प्रविधि अभावले पस्मिनाको कच्चापदार्थमा आत्मनिर्भर बन्ने नेपाली उद्योगीको योजनामा चुनौती थपिएको छ ।

स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्ने तयारीमा जुटेका उद्योगीलाई प्रविधि र उपकरण अभाव भएको हो । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले हिमाली क्षेत्रमा च्याङ्ग्राको ऊन (भुवा) सङ्कलन गर्न थालिए पनि प्रशोधन गर्ने उपकरण नेपालमा नभएकाले समस्या भएको बताए ।

मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्ने उपकरण नहुँदा सङ्कलित ऊन (भुवा) प्रशोधनका लागि विदेश पठाउनुपर्ने अवस्था आएको उनले बताए ।

‘मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर रु एक करोड २५ लाख बराबरको दुई हजार ८०० किलोग्राम ऊन खरिद गरेका छौँ’, उनले भने, ‘विज्ञले दुई महिनाभन्दा बढी समय भण्डारण गरेर राख्न नमिल्ने सुझाव दिएका छन् । प्रशोधनका लागि विदेश पठाउन सहकारसँग पहल गरिरहेका छौँ । विदेश लैजान नसके सङ्कलन गरेको ऊन कुहिने र करोडौँ लगानी डुब्ने खतरा छ ।

काठमाडौँमा ऊन प्रशोधन गर्न सङ्घको अगुवाइमा स्थापना भएको नेपाल फाइबर प्रोसेसिङ उद्योग सञ्चालन नहुँदासम्मका लागि प्रशोधन गर्न चीन पठाउनुपर्ने उनले बताए ।

सङ्घले गत साउनमा मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङमा सङ्कलन केन्द्र स्थापना गरेको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रुपमा प्रयोग हुन्छ ।

सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट च्याङ्ग्राको भुवा खरिद गरिएको सङ्घका कोषाध्यक्ष कृष्ण पङ्गेनीले बताए ।

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  २ : २१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ