कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान « Khabarhub

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ ।

संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ ।

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ ।

आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने संभावना न्यून रहेको छ ।

कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन्  ।

मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन् ।

संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको सङ्ख्या अत्यधिक रहेको छ । कुल २८४ उम्मेदवारहरु मध्ये २८ जना मात्रै महिला उम्मेदवार छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  २ : ४० बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ