यस्तो छ मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना « Khabarhub

यस्तो छ मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ ।

नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो ।

 कार्यालद्वारा जारी सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने अवस्था आउन नदिन तथा हैरानी हुने अवस्था आउन नदिन हेटौँडा उपमहानगरपालिका क्षेत्रको बसपार्क र चौकी टोलमा रहेको सुमो काउन्टरमा ट्राफिकसहितको चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिने बताइएको छ ।

 यसैगरी ट्राफिकमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र  कृत्रिम अभाव हुन नदिन अनुमन गरी कारवाही गरिने प्रमुख जिल्ला अधिकरी भरतमणि पाण्डेले बताए । त्यस्तै कोभिड सङ्क्रमणको जोखिमीलाई ध्यानमा राखी सबै प्रकारका मेला, महोत्सव ,साङ्गीतिक कार्यक्रम, चिठ्ठा बिक्रीवितरण एवं चिठ्ठा खोल्ने कार्यक्रममा पूर्ण रोक लगाइने भएको छ ।

जुवा, तास र कौडा खेल्ने कार्य रोक्नाका लागि  निरन्तर अनुगमन गरिने र मठमन्दिरलगायत अन्य धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी गराउन भिडभाड नहुने स्थिति सिर्जना गरिने बताइएको छ । सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन पनि कार्यालयले अनुरोध  गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ३ : ५९ बजे

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका