पाकिस्तानका ‘किङ अफ कमेडी’ उमरको निधन « Khabarhub

पाकिस्तानका ‘किङ अफ कमेडी’ उमरको निधन


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– पाकिस्तानका ‘किङ अफ कमेडी’ उमर शरीफको शनिबार निधन भएको छ । ६६ वर्षका कमेडियन क्यान्सरबाट पीडित थिए । उनलाई उपचारका लागि एयर एम्बुलेन्सबाट कराँचीदेखि वासिङटन लगिरहँदा स्वास्थ्य अवस्था बिग्रिएपछि जर्मनीमा आकस्मिक अवतरण गराइएको थियो । उनको जर्मनीकै एक अस्पतालमा निधन भएको हो ।

उमरले एयर एम्बुलेन्सबाट पत्नी जरीन गजलसँगै अमेरिकाको उडान गरेका थिए । तर स्वास्थ्य अवस्था खराब भएपछि बुधबार उनलाई जर्मनीको नूर्मबर्ग अस्पतालमा भर्ना गरिएको थियो । जर्मनीबाट तीन दिनपछि अमेरिका पठाउने तयारी भइरहँदा उनको निधन भएको हो ।

गत सेप्टेम्बर १० मा पाकिस्तानका टेलिभिजन होस्ट वसीम बादामीले उमरको एक भिडियो जारी गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग उनको क्यान्सर उपचारका लागि सहयोग मागेका थिए । भिडियो सार्वजनिक भएपछि भारतीय सिंह दलेर मेहन्दीले पनि प्रधानमन्त्री खानसँग कमेडियनको उपचारको माग गरेका थिए ।

जस अनुरुप सेप्टेम्बर ११ मा पाकिस्तानी सरकारले एक मेडिकल बोर्ड बनाएको थियो । जसले कमेडियनको उपचारका लागि विदेश पठाउने निर्णय लिएको थियो । सेप्टेम्बर १६ मा उमरलाई अमेरिकाको भिजा मिलेको थियो । उनको उपचारका लागि सिन्ध सरकारले ४० मिलियन रुपैंयाँको मञ्जुरी दिएका थिए । यद्यपि अमेरिका पुग्नुअघि नै उनको निधन भयो ।

उमर भारतको कमेडी शो ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेञ्ज’मा अतिथी निर्णायक नवोजत सिंह सिद्धु र शेखर सुमनका साथ उपस्थित भइसकेका छन् । १४ वर्षको उमेरदेखि नै कमेडी गरिरहेका उमर सन् १९८९ मा कमेडी स्टेज नाटक ‘बकरा–किस्तों में’ र बुढ्ढा घर पर है’मा देखिइसकेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने