तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई « Khabarhub

तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– तिहार पर्व नजिकिँदै गर्दा नेपालगन्जका कुम्हाल बस्तीमा अहिले माटोको भाँडा बनाउन भ्याइनभ्याइ छ । आधुनिकताले हराउँदै गएको माटाको भाँडा बनाउने पुर्ख्यौली पेसालाई जोगाउन यहाँका कुम्हाल समुदायका घरहरूमा अहिले माटो मुछ्ने, चक्र घुमाउने र दियो–पाला सुकाउने कामको व्यस्तता देखिन्छ । 

वर्षभरि सुनसानजस्तै बन्ने यो समुदायमा चाडपर्वको आगमनसँगै रौनक र व्यस्तता एकाएक बढेको नेपालगन्ज उपमहानगरपालिका–१३ का रमेश कुम्हालले बताउ । उनका अनुसार तिहार पर्व नजिकिँदै गर्दा नेपालगन्जका कुम्हाल बस्तीमा अहिले बेग्लै चहलपहल छाएको छ । 

‘समय फेरिएसँगै घरगृहस्थीमा स्टिल, प्लास्टिक र आल्मुनियमका भाँडाकुँडाको प्रयोग अत्यधिक बढेको छ । यसले गर्दा माटाका भाँडा बनाउने पेसा सङ्कटतर्फ धकेलिँदै गएको छ । तर, तिहार र छठजस्ता पर्वमा मात्रै माटाका भाँडाको माग हुने गरेकाले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छौँ’, रमेशले भने ।

हिन्दू संस्कृतिमा तिहारको दीपमालिका र छठको पूजामा माटाका दियो तथा भाँडाको प्रयोग अनिवार्य मानिन्छ । विद्युतीय झिलीमिली बत्तीको बाढी आए पनि माटोको दियोले बाल्ने उज्यालोको सांस्कृतिक मान्यता र पवित्रता फरक हुन्छ । यही धार्मिक तथा सांस्कृतिक आस्थाका कारण तिहार र छठमा माटाका सामग्रीको माग उच्च हुने गरेको उनको भनाइ छ ।

आधुनिक युगमा यो पेसाबाट मात्रै परिवारको जीविकोपार्जन गर्न निकै कठिन बन्दै गएको छ । युवापुस्ता विदेश पलायन हुने वा अन्य पेसातिर लाग्ने क्रम बढेसँगै परम्परागत पेसा सङ्कटमा परेको रमेशको बुझाइ छ । तर पनि पुर्खाको चिनो र संस्कृतिलाई छाड्न नसकेकाले यसलाई निरन्तरता दिँदै आइएको उनले बताए ।

‘चाडपर्वका बेला सबैभन्दा बढी माग दियो र पालाको हुन्छ, माग धान्नकै लागि कुम्हाल परिवारहरू रातदिन नभनी खटिएका छन्’, नेपालगन्ज–१३ का दीपक कुम्हालले भने, ‘अहिले घैँटा, दियो, पाला र भुर्कीलगायतका सामग्री तीव्रगतिमा तयार पारिरहेका छन् ।’

तिहारमा मागअनुसार दियो पुर्‍याउन कठिन हुने भएकाले धेरै पहिलेदेखि नै उत्पादन सुरु गरेको उनको भनाइ छ । बजारमा एउटा दियो रु एकमा बिक्री हुने गरेको छ । गत वर्षको तिहारमा मात्रै ३० हजारभन्दा बढी दियो बिक्री गरेको दीपकले बताए ।

दसैँ र तिहारको समयमा नेपालगन्जका मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रमा माटाका भाँडा किन्नेको भीड लाग्ने गर्छ । विशेषगरी त्रिभुवनचोक, सदरलाइन, त्रिवेणी मोड र धम्बोझीचोकमा माटाका भाँडाको कारोबार र चहलपहल उच्च हुने गरेको नेपालगन्जका उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए  । रासस

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १२ : २७ बजे

ट्रम्पको स्वीकारोक्ति : इरान युद्ध चुनावी हारको कारण

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा

अमेरिकी निर्वाचनमा ट्रम्पलाई धक्का : दुवै सदनमा डेमोक्रेटको बहुमत

वासिङ्टन– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर– उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा

उत्तर कोरियाद्वारा पूर्वी तटबाट क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी- उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र