वर्ल्डलिङ्कले दियो ट्राफिल प्रहरीलाई इलेक्ट्रिक स्कुटर « Khabarhub

वर्ल्डलिङ्कले दियो ट्राफिल प्रहरीलाई इलेक्ट्रिक स्कुटर


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपहारस्वरूप इलेक्ट्रिक स्कुटर दिएको हो ।

बुधबार कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् । यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नै ट्राफिक प्रहरीलाई इन्टरनेट सेवा समेत दिँदै आएका छौँ,’ उनले भने, ‘त्यसैअन्तर्गत कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्री समेत उपलब्ध गराएका थियौँ । ट्राफिक प्रहरीलाई यस अघिदेखि उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा समेत जारी रहनेछ ।’

ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउनेछ । ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै वर्ल्डलिङ्कले यस किसिमको सहयोग उपलब्ध गराएको हो ।

ट्राफिक साइरन जडित यो जापानिज स्कुटर एक पटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्छ । ट्राफिक महिलालाई मोटरसाइकल चलाउन गाह्रो हुनेगरेको अवस्थामा यो विद्युतीय स्कुटरले सहज हुने अपेक्षा गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले वर्ल्डलिङ्कबाट प्राप्त विद्युतीय स्कुटर महिला प्रहरीले प्रयोग गर्ने बताए । ‘वर्ल्डलिङ्कले उपलब्ध गराएको फ्री वाई-फाईले ट्राफिक सचेतना कक्षाका साथै सेवाग्राहीलाई महत्वपूर्ण सहयोग पुगेको छ,’ उनले भने ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ०० बजे

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल