जाग ! निद्रा त्यागः प्रेरक प्रसङ्ग « Khabarhub

जाग ! निद्रा त्यागः प्रेरक प्रसङ्ग


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक रातको समयमा बुद्धले प्रवचन दिइरहेका थिए । प्रवचन सुन्नको लागि बसेको एउटा मानिस बारम्बार निदाइरहेको थियो । केही क्षणपछि महात्मा बुद्धले उनलाई बोलाएर सोधे, वत्स सुतिरहेका छौ ?’

छैन महात्मा, हडबडाएर उसले भन्यो ।

महात्मा बुद्धको प्रवचन चलिरह्यो । त्यो व्यक्ति पहिलाको जसरी उँघिरहेको थियो । महात्मा बुद्धले बीचबीचमा त्यही प्रश्न सोध्दै उसलाई जगाउँदै गरे, तर छैन महात्मा भनेर ऊ फेरि सुत्थ्यो ।

धेरै समयपछि बुद्धले फेरि सोधे, वत्स जीवित छौ ?
छैन महात्मा, हरेक पटकझैँ फेरि पनि उसले भन्यो ।
श्रोताहरुमा हाँसोको लहर दौडियो ।

महात्मा बुद्ध पनि मुस्कुराए, फेरि गम्भीर भएर भने, वत्स, निद्रामा तिमीले सही जवाफ दियौ । जो निद्रामा हुन्छ, ऊ मृतक समान हुन्छ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ४३ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका