अपडेट: विमान ठोक्किँदा बँदेलका तीन पाठा मरे, नेपालगञ्ज विमानस्थल सञ्चालनमा | Khabarhub Khabarhub

अपडेट: विमान ठोक्किँदा बँदेलका तीन पाठा मरे, नेपालगञ्ज विमानस्थल सञ्चालनमा


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– हुम्लाको लागि उडान भर्दै गरेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको कल साइनको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक धावनमार्गमा आएका तीन वटा बँदेलका पाठासँग जहाज ठोक्किएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

जहाजसँग ठोक्किएका बँदेलका तीन वटै पाठा मरेका छन् । विमानस्थल नजिकै डुडुवा खोला र जंगल भएकाले बँदेल विमानस्थलमा आउने गरेको स्थानीयको भनाइ छ ।

प्रहरी उपरीक्षक न्यौपानेले दुर्घटनामा मानवीय क्षति नभएको र सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताए । जहाजमा १४ यात्रु र तीन चालकदलका सदस्यसहित १७ जना र कार्गो बोकेको सो जहाजमा बदेलका पाठा ठोक्किदा अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल पर्नुको साथै नोजल गरिएर भाँचिएको छ ।

धावनमार्गबाट जहाज हटाएर ह्याङ्गरमा पुराई विमानस्थल सञ्चालन भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : २२ बजे

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।