आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त « Khabarhub

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर दमकका मुख्य चौकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त हुने छन्। दमक नगरपालिका अन्तगर्तका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार बिहान ११ बजे दमक ५ को यलम्बर चौकमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शंङ्कधर चौकमा स्थानीयसँग भेटघाट कार्यक्रम तय भएको छ।

यसरी नै दिउँसो १ बजे दमक ७ मा रहेको तविन चौकमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यस लगत्तै दिउँसो २ बजे दमकक– १ स्थित हावल्दार चौकमा आयोजना गरिएको भेटघाटमा पुग्ने छन्।

अपरान्ह्र ३ बजे दमक २ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। ४ बजे दमक–३ स्थित आमचौकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ५५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको