जबराले तोके बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी « Khabarhub

जबराले तोके बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्रै सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ६ इजलासमा तोकेका १० मुद्दा सबै बन्दी प्रत्यक्षीकरणका छन् । जबराले २ एकल इजलास र ४ संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको पेशी तोकेका हुन् । उनले आज पनि आफ्नै लागि पेशी तोकेका छैनन् ।

जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले सोमबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न थालेपछि उनले आफ्ना लागि पेशी नतोकेका हुन् ।

प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका थिए ।

तर, उनीहरुले जबराले न्यायालयको शाख जोगाउन राजीनामा दिनु पर्ने अडान राख्दै आएका छन् । जबराले मार्ग प्रशस्त नगरेसम्म बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने न्यायाधीशरुले बताउँदै आएका छन् ।

इजलास तोक्दा अटोमेसन वा गोलाप्रथा लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा मोलहिज्जा गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा सिंगो न्यायिक वृत्त नै उनको विपक्षमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ३३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका