शिल्पाका पति राजले बन्द गरेको ट्वीटर र इन्स्टाग्राम | Khabarhub Khabarhub

शिल्पाका पति राजले बन्द गरेको ट्वीटर र इन्स्टाग्राम


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बितेका केही महिना यता अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रामाथि संकटको चाङ नै लागेको छ । पोर्नोग्राफी मुद्धामा फँसेपछि राजले ठूलो समस्याको सामना गरिरहनुपरेको छ । यहीबीच उनले सोमबार एउटा ठूलो कदम अपनाएका छन् ।

उनले आफ्नो ट्वीटर र इन्स्टाग्राम एकाउण्ट हटाएका छन् । कुनै समय राज सामाजिक सञ्जालमा निकै सक्रिय थिए । यो वर्षको जुलाईमा राज पोर्नोग्राफी मामलामा पक्राउ परेपछि दुई महिना जेलमा बसेर रिहा भएका थिए ।

जेलमा परेपछि सामाजिक सञ्जालमा उनी निकै ट्रोल बने र यही कारण उनले सामाजिक सञ्जाल चलाउन बन्द गरेको हुनसक्ने अनुमान गरिएको छ । पोर्नोग्राफी मामलामा नाम आएपछि राज सार्वजनिक रुपमा कहिँकतै उपस्थित भएका छैनन् । उनी अहिले एक्लो जीवन बिताउन थालेका छन् ।

यो मामलामा मुम्बई हाई कोर्टले राजलाई ५० हजार रुपैंयाँ धरौटीमा जमानत दिएको थियो । कोर्टमा दर्ता गरेको निवेदनमा राजले आफूलाई ‘बलीको बोका’ बनाइएको दाबी गरेका थिए ।

राजमाथि उनको कम्पनीले मुम्बईमा नाम कमाउन आएका युवालाई पोर्नोग्राफी काममा लगाएको र अश्लील भिडियो बनाएर विदेशी एपमा राख्ने गरेको आरोप लागेको थियो । यो मामलामा प्रहरीले शिल्पासँग पनि सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ३२ बजे

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले