आज टी-२० विश्वकपमा दुई खेल, पाकिस्तानको दाउ सेमिफाइनल « Khabarhub

आज टी-२० विश्वकपमा दुई खेल, पाकिस्तानको दाउ सेमिफाइनल


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी-२० क्रिकेट विश्वकपमा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा बंगलादेश र  दक्षिण अफ्रिका भिड्नेछन् । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन्। समूह-१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । त्यसैले दुवै टोलीलाई जित अनिवार्य छ ।

समूह-१ मा इंग्ल्यान्ड  शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमश: दोस्रो र तेस्रो स्थानमा  छन्  । यता, श्रीलंका र वेस्ट इन्डिज क्रमश: चौथो र पाँचौँमा रहँदा बंगलादेश पुछारमा छ ।

मंगलबारको दोस्रो खेलमा समूह-२ मा रहेका पाकिस्तान र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ । खेल अबुधावीमा राति पौने आठ बजे सुरु हुनेछ । पाकिस्तान लगातार चार खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएको थियो ।

नामिविया भने दोस्रो जितको खोजिमा हुनेछ । नामिवियाको दुई खेलबाट एक जितसहित २ अंक छ  ।  समूह-२  मा पाकिस्तान ६ अंकसहित शीर्षस्थानमा हुँदा चार अंकसहित अफगानिस्तान दोस्रो, समान दुई अंकसहित न्युजिल्यान्ड र नामिविया  क्रमशः तेस्रो र चौथो स्थानमा छन् । लगातार दुई खेलमा पराजय भोगेको भारत र स्कटल्यान्डले अंक जोड्न सकेका छैनन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ४९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन