सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारको ढिलाइ, ठेक्का तोड्ने घिसिङको चेतावनी | Khabarhub Khabarhub

सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारको ढिलाइ, ठेक्का तोड्ने घिसिङको चेतावनी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा निर्माणाधिन २२० केभी विद्युत सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारले ढिलासुस्ती गरेपछि नेपाल विद्युत प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएको छ ।

बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेशन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई तत्काल कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।

निर्माणस्थलको अवलोकनपछि घिसिङले चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेशन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको बताएका हुन् ।

उनले कार्यसम्पादन सुधार गर्न चार महिनाको अल्टिमेटम पनि  दिएका छन् ।

खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँमा ल्याउन तामाकोसी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण थालिए पनि काममा प्रगती भएको छैन ।

प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यु खिम्ती, बाह्रबिसे र काठमाडौँको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ ।

सबस्टेशनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर रहनेछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ४२ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी