माधव नेपालले भने : ओलीले लाज पचाएर न्यायाधीशहरुको राजीनामा मागे (भिडियो) « Khabarhub

माधव नेपालले भने : ओलीले लाज पचाएर न्यायाधीशहरुको राजीनामा मागे (भिडियो)


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालेमात्र नभएर संवैधानिक इजलासमा बसेका सबै ५ जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएपछि अध्यक्ष नेपालको यो भनाइ आएको हो ।

नेकपा एकीकृत समाजवादीले मंगलबार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको हत्या गर्न खोज्दा अदालतले संसदलाई जोगाएको भन्दै सवोच्च्चका न्यायाधीशहरुले राजीनामा दिन नहुने बताए । लाज पचाएर एमाले अध्यक्ष ओलीले न्यायाधीशको राजीनामा मागेको उनको टिप्पणी छ ।

उनले गठबन्धन सरकारमा आफ्नो पार्टी पनि रहेको भन्दै अव जनता र देशका लागि काम गर्ने जिकिर गरे । नेपालले आफ्नो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गरेको बताए । केपी ओलीको दम्भकै कारण केन्द्रदेखि प्रदेशसम्म् एमाले सरकारबाट हट्नुपरेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले एमाले जनताको सेवा गर्ने भावनाबाट टाढिएर लुटेराहरुसँग नजिकिएको आरोप लगाउँदैे उक्त पार्टी लुटेरा पार्टी भएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : २३ बजे

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ४ गते सोमबार फागुन

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार