आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन ४ गते सोमबार फागुन कृष्ण पक्षको चतुर्दशी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । आम्दानीका क्षेत्रमा फाइदा हुनेछ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष : डुब्न लागेको धन प्राप्त हुनेछ । आफन्त र साथीले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । छोटो दूरीको सुखद् यात्रा गर्ने अवसर मिल्नेछ ।

मिथुन : आज प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । आम्दानीका स्रोत भेटिनेछन् । व्यापारमा नाफा होला ।

कर्कट : तपाईंको बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । धन प्राप्त हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । खानपानमा ख्याल नगरे रोगले दु:ख दिने जोखिम छ । लगानीका क्षेत्रमा सचेत बन्नुपर्नेछ ।

सिंह : दिन तपाईं अनुकुल रहेको छ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । मन शान्त बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ ।

कन्या : बोलीको प्रभावले काम बन्नेछ । मनमा कुरा गुम्स्याएर राख्नु भन्दा सार्वजनिक गर्नु उचित हुनेछ । यात्रामा खर्च बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । आज शिक्षाको क्षेत्रमा भने फाइदा हुने दिन छ ।

तुला : दिन राम्रो छ । व्यापारमा लाभ प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवन सफल बन्ने योग छ । प्रेम सम्बन्धमा भए साथ र सहयोग विशेष बन्ने योग छ । राजनीतिमा भने हात नहालेको ठिक हुने देखिन्छ ।

वृश्चिक : गणेशको आर्शिवाद लिएमा काम बन्नेछ । स्वास्थ्यमा सुधार भएकाले मनमा खुशी मिल्नेछ । राज्यका उच्च अधिकारीले तपाईंलाई साथ दिनेछन् । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् ।

धनु : यात्रा सफल बन्नेछ । विवेक प्रयोग गरेर सुरुवात गरेको काममा घाटा नहुने योग छ । धार्मिक क्षेत्रको भ्रमणका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर: व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । सानो कुरामा ठुलो झन्झट बढ्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ । मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ । आकस्मिक रुपमा सञ्चित धन खर्च गर्नुपर्नेछ । पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ ।

मीन : मन शान्त रहनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ । विपक्षी साथी शान्त भएकाले सहजै काम बन्नेछ । खर्च बढ्ने भएकाले सचेत हुनुपर्ने छ । संकटमा साथीको साथ मिल्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ५ : २० बजे

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले