ओलीले फेरि भने : भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै हो « Khabarhub

ओलीले फेरि भने : भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै हो


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान् रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको फेरि दाबी गरेका छन् । यसअघि गत वर्ष ओली पहिलो पटक भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी रहेको बताएका थिए ।

ओलीको यो भनाइपछि उनी विवादमा तानिएका थिए । परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर तत्कालीन प्रधानमन्त्री ओलीले बोलेको विषयमा सफाइ दिएको थियो ।

चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गरेका हुन् ।

रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकीर गरे ।

माडी नै राम जन्मभूमी भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै उनले आफूले अध्ययन गरेर नै यहाँकोबारेमा बताएको जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ५ : ५८ बजे

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ४ गते सोमबार फागुन

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार