बाढीपहिरो पीडितका लागि राहतका थप कार्यक्रम ल्याउँछौँ : गृहमन्त्री खाँण « Khabarhub

बाढीपहिरो पीडितका लागि राहतका थप कार्यक्रम ल्याउँछौँ : गृहमन्त्री खाँण


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलबारे- गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितलाई थप राहत दिलाउन सरकार लागि परेको बताएका छन् ।

धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको मंगलबार अवलोकनपछि उनले थप राहत प्रदान गर्नका लागि अनुगमन भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँणले बाढीपहिरोबाट मृत्यु भएका प्रतिपरिवारलाई दुई लाख, सोही घरका अन्य व्यक्तिको ज्यान गएको भए प्रतिव्यक्ति एक लाख राहत प्रदान गरिने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै यसमा के कति राहत थप गर्न सकिन्छ, त्यसका लागि प्रयास भइरहेको बताए ।

घाइतेको निःशुल्क उपचार र बेपत्ता परिवारलाई समेत दुई लाख दिने सरकारले यसअघि नै घोषणा गरिसकेको उनले बताए ।  गृहमन्त्री खाँणसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक विभागका प्रतिनिधिलगायतको टोलीले मंगलबार बढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।

गृहमन्त्री खाँणले बाढीपहिरा पीडितको उद्धार र राहतमा खट्ने सबैलाई धन्यवाद दिदैं अझै पनि केही व्यक्ति बेपत्ता रहेको हुँदा उनीहरुको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गरे ।

उनले विद्युत्, खानेपानी र सिँचाइका क्षेत्रमा बढी असर देखिएकाले त्यसतर्फ आफूहरुको ध्यान गएको बताउँदै किसानलाई राहतका लागिसमेत विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी गृहमन्त्री खाँणले आजै धनकुटाको चौबिसे गाउँपालिका, पाँचथरको तुम्बेवा गाउँपालिकासहित इलाम र सुनसरी जिल्लामा पुगेर प्रभावित क्षेत्रका बासिन्दाको अवस्था बुझ्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : ३३ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको