अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान « Khabarhub

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन् । कास्कीको प्रमुख पर्यटकीय पदमार्गको रूपमा परिचित यो क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरवालाले ग्राहक खोजेर नियम विपरीत उडाउन थालेका छन् ।

संरक्षित क्षेत्रमा हेलिकोप्टर उडाउन पाइँदैन । त्यसको विरुद्ध गाउँपालिकाले ब्याण्ड नै लगायो । तर, कम्पनीहरूले टेरेनन् । अहिले गाउँपालिकाको उडान रोक्ने निर्णय कार्यान्वयन भएको छैन ।

विशेषगरी प्रभु हेलिकोप्टरले यहाँ उडान भर्छ । व्यवसायीका अनुसार दैनिक १० भन्दा बढी फ्लाइट बेस क्याम्पमा हुने गरेको छ । हेलिकोप्टर उडान रोक्न सेन्चुरी युवा क्लबको अगुवाइमा जनप्रतिनिधि र पर्यटन व्यवसायीले आन्दोलन गरेका छन् । उनीहरूले आधार शिविरमै बैठक बसेर अनियन्त्रित रूपमा हुने उडान तत्काल बन्द गर्ने निर्णय गरेका हुन् ।

‘आजकै दिनदेखि हेलिकोप्टरको व्यावसायिक उडान पूर्ण रूपमा रोक्ने निर्णय गरियो,’ अन्नपूर्ण गाउँपालिका ११ का वडासदस्य इन्द्रमणी शर्माले भने, ‘यसरी मनपरी हुने उडानमा हाम्रो विरोध छ । कम्पनीले सुनुवाइ गरेन भने दोस्रो चरणको आन्दोलन गर्छौं ।’ उनीहरूले हेलिप्याडमा कालो झण्डा गाड्ने निर्णय गरेका छन् ।

‘भोलिदेखि कुनै हेलिकोप्टर आयो भने ल्याण्ड गर्न दिँदैनौँ । हाम्रा माग सुनुवाइ भएन भने पोखरासम्म गएर विरोध जनाउँछौँ,’ उनले अघि भने, ‘अब अति भयो । सहन नसकेपछि यो अवस्था बनेको हो ।’ व्यवसायीहरूले मंगलबार बैठक बसेरै आन्दोलनको घोषणा गरेका हुन् ।

अनावश्यक रूपमा हुने उडानले वन्यजन्तु र चराचुरुंगीलाई असर परेको उनीहरूको गुनासो छ । सँगै त्यहाँको व्यवसायमा पनि असर परेको छ । अन्नपूर्ण गाउँपालिकाले २०७५ सालमा उद्धार बाहेक कुनै पनि व्यावसायिक उडान हुन नदिने निर्णय गाउँसभाबाट गरेको थियो ।

त्यसपछि कोभिडले पर्यटन क्षेत्र खासै सक्रिय भएन । अहिले पर्यटक हिँड्न थालेका छन् । तर हेलिकोप्टरको रजगज उस्तै छ । न्यूजकारखाना

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ४८ बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा