जुत्ता किन्दा होस् वा लगाउँदा यी कुरामा सावधान हुनुहोस् « Khabarhub

जुत्ता किन्दा होस् वा लगाउँदा यी कुरामा सावधान हुनुहोस्


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सफा कपडा र जुत्ताले व्यक्तिको पहिचानमा सकारात्मक प्रभाव पार्दछ । कपडा राम्रो नभए पनि जुत्ता राम्रो भएमा यसले समेत मानिसको व्यक्तित्व बढाउँछ । ज्योतिषीय मान्यता अनुसार पनि जुत्ता सफा हुन आवश्यक छ ।

जुत्ता कुण्डलीको ग्रह–भावसँग सम्बन्धित हुन्छ । ज्योतिषका अनुसार कुण्डलीको आठौँ भाव खुट्टाको पैतालासँग सम्बन्धित हुन्छ । यदि व्यक्ति गलत जुत्ता लगाउँछ भने यसले उसको भविष्यमा र धनका विषयमा क्षति बेहोर्नु पर्ने हुन सक्छ । त्यसैले जुत्ताका विषयमा सावधानी अपनाउन र ज्योतिषका केही नियम पालना गर्न आवश्यक हुन्छ ।

उपहारमा जुत्ता

केही कार्यक्रम विशेषमा कतिपय मानिस जुत्ता उपहार दिने गर्दछन् । तर यसो गर्नु दुवै पक्षकालागि हानिकारक हुनसक्छ । धार्मिक मान्यता अनुसार उपहारमा आएको जुत्ता लगाउँदा कैयौँ समस्याको सामना गर्नुपर्ने हुन्छ । उपहारका जुत्ता लगाउँदा शनिदेवको खराब दृष्टि पर्दछ । त्यसैले न त कसैलाई उपहारमा जुत्ता दिनु न त लिनु नै राम्रो मानिन्छ ।

च्यातिएको जुत्ता

भुलेर पनि कहिल्यै फाटेको वा च्यातिएको खराब जुत्ता लगाउनु हुँदैन । धार्मिक मान्यता अनुसार अन्तर्वार्ता दिन जाँदा होस् वा कुनै महत्त्वपूर्ण काममा जाँदा यस्ता जुत्ता लगाउनु शुभ मानिँदैन । अन्यथा असफलता हात लाग्ने धार्मिक मान्यता छ ।

चोरी गरिएका जुत्ता

चोरी गरिएका जुत्ता लगाउँदा धेरै हानी हुने धार्मिक मान्यता छ । कैयौँ पटक सामाजिक कार्यक्रम वा मन्दिरमा जुत्ता चोरी भएपछि मानिस अरूको जुत्ता लगाएर फर्किन्छन् । तर यसो गर्दा स्वास्थ्य र धनको हानी हुने धार्मिक विश्वास छ ।

पहेँलो र खैरो जुत्ता

पहेँलो रङ्गको जुत्ता लगाउनु अशुभ मानिन्छ । हिन्दु धर्ममा यो रङलाई शुभ मानिन्छ त्यसैले यस्तो जुत्ता लगाउँदा मान–हानि, धन हानि हुने धार्मिक विश्वास छ । यस्तै कार्यालयमा खैरो रङ्गको जुत्ता लगाउनु पनि शुभ मानिँदैन । यसले काममा अड्चन आउने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ६ : ०० बजे

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना