चेल्सी शीर्ष स्थानमा यथावत, सिटीसँग भिल्ला पराजित « Khabarhub

चेल्सी शीर्ष स्थानमा यथावत, सिटीसँग भिल्ला पराजित


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दा चेल्सीले वाट्फोर्डलाई हराएको छ।

बुधबार राति भएका खेलमा सिटीले भिल्लालाई र चेल्सीले वाट्फोर्डलाई समान २-१ गोल अन्तरले हराएका हुन् ।

भिल्लाको मैदानमा रुबेन डियासले २७ औं मिनेटमा, ४३ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका थिए । त्यसपछि खेलको ४७ औं मिनेटमा भिल्लाका ओली वाट्किन्सले गोल गरेपनि सिटीले २-१ को जित निकाल्यो ।

अर्को खेलमा चेल्सीका मासन माउन्ट र हाकिम जिएचले एक-एक गोल गरे । वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए पनि जितका लागि प्रर्याप्त हुन सकेन ।

जितसँगै चेल्सीले १४ खेलमा ३३ अंक जोडेर शीर्ष स्थान कायम राखेको छ भने सिटी १४ खेलमा ३२ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

भिल्ला १६ अंक जोडेर १३ औं स्थानमा रहँदा वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : ३३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार