बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न जबरालाई सत्तारुढ गठबन्धनको सुझाव « Khabarhub

बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न जबरालाई सत्तारुढ गठबन्धनको सुझाव


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध हुँदै आएको र प्रधानन्यायाधीश जबरा बिरामी परेकाले तत्काल कार्यबाहक न्यायाधीश तोकेर कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।

गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यबाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालेको सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत सहभागी थिए ।

प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेपाल बार एसोसिएशनका अध्यक्षसहितका पदाधिकारीले हिजो सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । कोरोना सङ्क्रमणपछि प्रधानन्यायाधीश जबरा बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।

उनले कायममुकायमको जिम्मेवारी तोकेका छैनन् । सर्वोच्च अदालतमा हिजैदेखि गोलाप्रथाबाट इजलास तोकिए पनि इजलासको काम भने हुन सकेको छैन ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ११ : ४५ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले