बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न जबरालाई सत्तारुढ गठबन्धनको सुझाव « Khabarhub

बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न जबरालाई सत्तारुढ गठबन्धनको सुझाव


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध हुँदै आएको र प्रधानन्यायाधीश जबरा बिरामी परेकाले तत्काल कार्यबाहक न्यायाधीश तोकेर कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।

गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यबाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालेको सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत सहभागी थिए ।

प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेपाल बार एसोसिएशनका अध्यक्षसहितका पदाधिकारीले हिजो सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । कोरोना सङ्क्रमणपछि प्रधानन्यायाधीश जबरा बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।

उनले कायममुकायमको जिम्मेवारी तोकेका छैनन् । सर्वोच्च अदालतमा हिजैदेखि गोलाप्रथाबाट इजलास तोकिए पनि इजलासको काम भने हुन सकेको छैन ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ११ : ४५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि