गोलाको पेसी खै श्रीमान् ? « Khabarhub

गोलाको पेसी खै श्रीमान् ?


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोस्दै सर्वोच्चले बुधबारबाट गोला प्रणालीवाट पेसी तोक्न सुरू गर्‍यो ।

तर विडम्बना ! नियमावली संशोधन गर्दै बुधबारबाट सुरू भएको यो प्रणाली दोस्रो दिन आइपुग्दै अवरुद्ध भएको छ । कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश जबरा बिदामा छन् ।

प्रधानन्यायाधीशको अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १२९ को उपधारा ६ मा यस्तो व्यवस्था भए पनि नेपाल बारले जबराले कायममुकायम नतोकेको भन्दै अत्तो थाप्यो । जसका कारण गोलाबाट सार्वजनिक गरिएको पहिलो दिन (बुधबार)को अधिकांश सुनुवाइ प्रभावित भयो ।

नेपाल बारले संविधानको यो व्यवस्था स्पष्ट नभएको र प्रधानन्यायाधीशले लिखित कायममुकायम तोक्नै पर्ने अडान लिएपछि बिहीबार १० देखि साढे १० बजेभित्रमा गोलाद्वारा सार्वजनिक हुनुपर्ने इजलास यो समाचार तया पार्दासम्म गठन भएको छैन ।

नेपाल बारलाई छलफल गर्न भन्दै सर्वोच्चका न्यायाधीशहरूले बोलाएका छन् । सर्वोच्च अदालतमा यतिबेला बारका प्रतिनिधि र न्यायाधीशहरूबीच छलफल चलेका कारण पेसी सूची सार्वजनिक हुन नसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १२ : १३ बजे

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट