कांग्रेसको प्रदेश अधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने « Khabarhub

कांग्रेसको प्रदेश अधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबार दिउँसो २ बजे उद्घाटन हुने भएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट २ बजे अधिवेशनको उद्घाटन गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शर्माका अनुसार सात वटै प्रदेशमा एकै पटक अधिवेशनको उद्घाटन गरिए पनि प्राविधिक समस्याका कारण केही प्रदेशमा अधिवेशन ढिला हुने देखिएको छ । ५ वटा प्रदेशमा भने तयारी पुरा भइसकेको उनले बताए ।

त्यस्तै कांग्रेसको केन्द्रीय महाधिवेशनको लोगो पनि आजै सार्वजनिक हुने प्रवक्ता शर्माले जानकारी दिए । प्रधानमन्त्री देउवालले मध्याह्न ४ बजे एक कार्यक्रममार्फत लोगो सार्वजनिक गर्ने शर्माले बताए ।

कांग्रेसको १४ औँ महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने उनको भनाइ छ । कांग्रसले सभ्य भएर आफ्नो १४ औँ महाधिवेशन सम्पन्न गर्ने उनले बताए ।

महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मतपत्र प्रयोग हुने र एकजना मतदातालाई भोट हाल्न करिब १ घण्टा लाग्ने अनुमान गरिएको उनले बताए । ‘उत्साह, एकता, रुपान्तरणः सफल बनाऔँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ केन्द्रीय महाधिवेशनलाई सफल र सम्पन्न गरिने उनले बताए ।

केन्द्रीय महाधिवेशनका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहलाई मतदान केन्द्र तोकिएको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौँमा हुदैँछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १ : ०० बजे

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी