कांग्रेसको प्रदेश अधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने « Khabarhub

कांग्रेसको प्रदेश अधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबार दिउँसो २ बजे उद्घाटन हुने भएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट २ बजे अधिवेशनको उद्घाटन गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शर्माका अनुसार सात वटै प्रदेशमा एकै पटक अधिवेशनको उद्घाटन गरिए पनि प्राविधिक समस्याका कारण केही प्रदेशमा अधिवेशन ढिला हुने देखिएको छ । ५ वटा प्रदेशमा भने तयारी पुरा भइसकेको उनले बताए ।

त्यस्तै कांग्रेसको केन्द्रीय महाधिवेशनको लोगो पनि आजै सार्वजनिक हुने प्रवक्ता शर्माले जानकारी दिए । प्रधानमन्त्री देउवालले मध्याह्न ४ बजे एक कार्यक्रममार्फत लोगो सार्वजनिक गर्ने शर्माले बताए ।

कांग्रेसको १४ औँ महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने उनको भनाइ छ । कांग्रसले सभ्य भएर आफ्नो १४ औँ महाधिवेशन सम्पन्न गर्ने उनले बताए ।

महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मतपत्र प्रयोग हुने र एकजना मतदातालाई भोट हाल्न करिब १ घण्टा लाग्ने अनुमान गरिएको उनले बताए । ‘उत्साह, एकता, रुपान्तरणः सफल बनाऔँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ केन्द्रीय महाधिवेशनलाई सफल र सम्पन्न गरिने उनले बताए ।

केन्द्रीय महाधिवेशनका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहलाई मतदान केन्द्र तोकिएको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौँमा हुदैँछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १ : ०० बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान