१६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने कांग्रेसको निर्णय « Khabarhub

१६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने कांग्रेसको निर्णय


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिए ।

बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सातमध्ये प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन् । प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन । शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ ।

कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १ : ४१ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार