एनएमबी बैंकले जित्यो ‘बैंक अफदिइयर एसिया २०२१’ र ‘बैंक अफदिइयर २०२१’ अवार्ड « Khabarhub

एनएमबी बैंकले जित्यो ‘बैंक अफदिइयर एसिया २०२१’ र ‘बैंक अफदिइयर २०२१’ अवार्ड


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजतप्राप्त नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सुचीमाअर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ । जुन नेपाली बैँकिङ ईतिहासमै पहिलो पटक प्राप्तभएको पुरस्कार हो ।

बेलायतको लण्डनबाट प्रकाशितहुने प्रसिद्ध म्यागजिनदि बैंकर को निर्णायक मण्डलले ‘दि बैंक अफदिइयर एसिया २०२१’ अवार्डको लागिएनएमबि बैँकलाई छनोट गरेको हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।

एनएमबि बैंक यो पुरस्कार प्राप्तगर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो । यो सँग–सँगै एनएमबिले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनिजितेको छ । एनएमबिको यो ५ वर्षमा चौँथो अवार्ड हो । द बैंक र म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।

बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट बैंकिङ्ग क्षेत्रको तर्फबाट ग्रहण गरे । उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफदिइयर एसिया २०२१’ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

सन् २००० मा स्थापित’बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  २ : २९ बजे

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ