आफ्ना जेठा छोरा आफूपछि प्रधानमन्त्रीको उम्मेदवार हुने कम्बोडियाका प्रधानमन्त्रीको घोषणा « Khabarhub

आफ्ना जेठा छोरा आफूपछि प्रधानमन्त्रीको उम्मेदवार हुने कम्बोडियाका प्रधानमन्त्रीको घोषणा


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नोम पेन्ह– कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवारमध्ये एक हुने बताएका छन् ।

६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेतको नाम दिने बताएका छन् ।

‘म आज घोषणा गर्न चाहन्छु कि हुन मानेट प्रधानमन्त्री पदका उम्मेदवारहरू मध्ये एक हुनेछन् र म उनलाई यो पदका लागि पूर्ण समर्थन गर्दछुु ’ उनले दक्षिणपश्चिमी प्रीह सिहानोक प्रान्तमा सडक पूर्वाधारको उद्घाटन समारोहमा बोल्न क्रममा यो कुरा बताउनु भएको कम्बोडियाको एक टेलिभिजनले जनाएको छ ।

४४ वर्षीय मानेट हाल सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीको स्थायी समितिको सदस्य छन् । उनी रोयल कम्बोडियन सशस्त्र बलका उप कमान्डर इन चीफ र रोयल कम्बोडियन सेनाको कमाण्डर पनि हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ३ : ४४ बजे

नसीरुद्दीन शाहको कडा प्रतिक्रिया : म आक्रोशले उम्लिरहेको छु, सबै याद राखिनेछ

काठमाडौं- दिल्लीको जन्तर–मन्तरमा नीट युजी २०२६ प्रश्नपत्र चुहावटको विरोधमा प्रदर्शन

सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको

कालो पोसाकमा संसद् पुगे भारतका विपक्षी, पेपर लिक र विद्यार्थीमाथिको दमनविरुद्ध प्रदर्शन

काठमाडौं- भारतीय संसद्को मनसुन अधिवेशनका क्रममा बुधबार विपक्षी दलका सांसदहरूले

‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।