फोर नेसन्स महिला फुटबल प्रतियोगिता स्थगित « Khabarhub

फोर नेसन्स महिला फुटबल प्रतियोगिता स्थगित


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले आयोजना गर्ने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ स्थगित भएको छ । चार देशको सहभागीता रहने प्रतियोगिता २३ मंसिरबाट ६ पुससम्म चल्ने तालिका थियो । तर, विश्वभर पुनः सुरु भएको तेस्रो चरणको कोरोनासँगै प्रतियोगिता स्थागित भएको हो ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत र थाइल्यान्डको सहभागिता टुंगो लागिसकेको थियो । एक अफ्रिकी देशमा खेल गर्ने तय हुने निश्चित भैसक्दा कोरोनाको कारण प्रतियोगिता स्थगित भएको हो ।

प्रतियोगिताको लागि एन्फाले महिला टोलीको प्रशिक्षकमा चेतन घिमिरेलाई जिम्मेवारी दिएको थियो । प्रशिक्षक चेतनले २६ खेलाडी समेटेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिक प्रशिक्षण गराइरहेका थिए । ‘कोरोनाका कारण प्रतियोगिता स्थगित भएको छ,’ एन्फा उच्च स्रोतले भन्यो । यससँगै एन्फाले महिला खेलाडीलाई रिलिज दिने तयारी गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : १२ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,