पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा « Khabarhub

पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि बिहीबार सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन् ।

प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदाको अवस्थाबारे उल्लेख गर्दै न्यायाधीशहरु छलफलमा बस्दा पेसी तोक्न ढिला भयो भने सुनुवाइ पनि प्रभावित भयो ।

दैनिक बिहान १०:१५ बजेतिर पेसी तोकिनेमा आज १:३० मा मात्र पेसी तोकिएको थियो । बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दामा पेसी तोक्न सुरु गरिएअनुसार बिहीबार पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको थियो ।

गोला प्रक्रियाबाट १० वटा इजलास गठन भएका थिए । तीमध्ये दुईवटा पूर्ण, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको थियो । ती इजलासमा कूल १९२ मुद्दा सुनुवाइका लागि राखिएको थियो ।

न्यायाधीशहरु मीरा खड्का र नहकुल सुवेदीको संयुक्त इजलासमा ३० वटा मुद्दामा पेसी तोकिएकामा ती  सबै मुद्दा नै हेर्न नभ्याइने सूचीमा छ । त्यस्तै न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा २१ मुद्दा सुनुवाइका लागि राखिएकामा सबै हेर्न नभ्याइने सूचीमा छ ।

न्यायाधीशहरु प्रकाशमान सिंह राउत र डा.कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि १८ मुद्दा तोकिएकामा पूरै हेर्न नभ्याइने सूचीमा छ । न्यायाधीशहरु सपना मल्ल र तेजबहादुर केसीको संयुक्त इजलासमा २८ मुद्दामा पेसी तोकिएकोमध्ये २७ वटा हेर्न नभ्याइने सूचीमा छ ।

त्यस्तै दीपककुमार कार्कीको एकल इजलासमा १९ वटा मुद्दामा पेसी तोकिएकामा १८ हेर्न नभ्याइने सूचीमा छ । गत कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतमा सुनुवाइ प्रभावित भएको छ । बन्दी र निवेदनबाहेकका मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचार गरिरहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ४ : २५ बजे

प्रतिपक्षी दललाई सभामुखले भने- आगामी बैठकहरूमा सबैसँग छलफल गरेर अगाडि बढ्छौँ

काठमाडौं– प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले संसदीय अभ्यासअनुसार सासद्लाई

रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर

काठमाडौं – सत्तारूढ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पदाधिकारी

१० करोड क्लबको अनुभवपछि अनमोलले फेरे काम गर्ने प्याट्रन

काठमाडौं – आफूलाई गोप्य राखेर स्टारडममा रमाउँदै आएका नायक अनमोल

काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल

काठमाडौं– काठमाडौंका सडक र सहरी सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले नेपाल

गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नमा स्पष्टीकरण