भारतमा पनि ओमिक्रोन भेरियन्ट फेला, दुई जनामा सङ्क्रमण | Khabarhub Khabarhub

भारतमा पनि ओमिक्रोन भेरियन्ट फेला, दुई जनामा सङ्क्रमण


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण भारतमा पनि पुष्टि भएको छ ।

भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् ।

‘एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो,’ केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिए ।

उनीहरू सवैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहचिव अग्रवालको भनाइ छ । उनले अन्य कोरोनाभाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पारे ।

अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका सङ्क्रमितहरु भेटिएको र उनीहरुको सङ्ख्या अहिलेसम्म ३७३ पुगेको पनि उनले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोनको सङ्क्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ ।

सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो ।

यसलाई डब्ल्युएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए ।

अहिले विश्वभरका दर्जनौँ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ६ : ५९ बजे

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक