श्रीलङ्कामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण « Khabarhub

श्रीलङ्कामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको  छ ।

स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलङ्काका स्वास्थ्य विज्ञहरूले डेङ्गुको प्रकोपबारे चेतावनी पनि दिएका छन् ।

सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेङ्गु भाइरस सङ्क्रमण भएको देखिएको छ । यो गत २० महिनामा सबैभन्दा बढी थियो ।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका डा. शिलान्ती सेनेविराट्नेले गत दुई महिनाभित्र देशभर परेको अविरल वर्षाका कारण डेङ्गुका बिरामीमा उल्लेख्य वृद्धि भएको स्थानीय सञ्चार माध्यम डेली मिररले जनाएको छ ।

‘डेंगु नियन्त्रण एकाइभएकाले क्षति न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले हामीले अवस्थाको अनुगमन गर्ने र रोकथामका कार्यक्रम र जनतालाई शिक्षित गर्नेजस्ता सम्बन्धित उपाय अपनाउँदै आएका छौं,’ डा. सेनविराटले भने ।

सेनेभिराट्नेले मानिसहरूलाई आफ्नै निष्कर्षमा पुग्नुअघि तुरुन्तै चिकित्सा सल्लाह माग्न आग्रह गरे ।  सरकारी तथ्याङ्कअनुसार पूर्वी प्रान्तको राजधानी सहर कोलम्बो र बाट्टिकालोआबाट निकै सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् ।

डेङ्गु ज्वरोका अन्य लक्षणहरूमा उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुख्ने वा चक्कर लाग्ने जस्ता लक्षणहरू देखा परेमा तुरुन्तै चिकित्सा सेवा लिन चिकित्सा विशेषज्ञहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : ३० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)