पोखरामा पनि केबुलकार सञ्चालनमा आउँदै « Khabarhub

पोखरामा पनि केबुलकार सञ्चालनमा आउँदै


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबुलकारको परीक्षण गरिएको छ ।

पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली  पोखरा आएको थियो ।

दुई हजार ४०० मिटर लामो यो केबुलकारका १३ टावर छन् । यो केबुलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ जनाको सिट क्षमता रहने जनाइएको छ  । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।

करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्धारित समयभन्दा बढी लागेको त्रिपाठीले बताए ।

योजनाको प्रारम्भिक खाकामा करिब रु एक अर्बमा योजना सम्पन्न लक्ष्य लिए पनि निर्माण अघि बढ्दै जाँदा पूर्वाधारलगायतका जमिन थपिँदै गएपछि लागत बढी लागेको उनले बताए ।

केबुलकार निर्माणमा रु दुई अर्ब बढी खर्च भएको उनको भनाइ छ । केबुलकार सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिने र ८० देखि १०० जनाले प्रत्यक्ष रोजगार पाउने त्रिपाठीले जानकारी दिए । माथिल्लो स्टेशन भवनमा स्काइ हेवन बेलुन रेष्टुरेन्ट, भ्यूटावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, बगैँचासहितको संरचना निर्माण भएको छ ।

केबुलकारमा जाने र आउने शुल्क रु ६०० निर्धारण गरिएको छ भने स्थानीयवासी, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि सहुलियत व्यवस्था गरिने जनाइएको छ । विदेशीका लागि भने रु ७०० र ८०० भाडा कायम गरिएको छ । सार्क देशका  पर्यटकलाई प्रतिव्यक्ति रु ७०० र अन्य मुलुकका पर्यटकलाई रु ८०० लाग्ने गरी टिकट शुल्क तय गरिएको छ ।

अन्नपूर्ण केबुलकार प्रालिका अध्यक्ष व्यवसायी कालु गुरुङ हुन् । गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : १८ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि