कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्षमा जान पौडेल पक्षको दबाब « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्षमा जान पौडेल पक्षको दबाब


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आज पनि सडक संघर्षमा जान दबाब दिने भएको छ ।

‘चुनावमा जाँदा दुई चार सिट बढी जितिएला भन्ने लोभमा कांग्रेसले ओलीको असंवैधानिक कदमलाई साथ दिन हुन्न, सडक संघर्षमा जानै पर्छ,’ पौडेल पक्षधर एक केन्द्रीय सदस्यले भने ।

तर, सभापति शेरवहादुर देउवा पक्षधर भने सर्वोच्च अदालतमा विचाराधिक उक्त मुद्दाको छिनोफानो भएपछि मात्रै आवश्यक रणनीति बनाउने तयारीमा छ ।

अदालतमा विचाराधिन मुद्दालाई प्रभावित हुने गरी कांग्रेस संघर्षमा नउत्रने र अदालतको आदेशलाई मानेर कांग्रेस अघि बढ्ने देउवाले प्रष्ट्याइसकेको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय समिति बैठक पुस १० मा स्थगित गरिएको बैठक आज फेरि बस्न लागेको हो ।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति देउवा रहेको निकट स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा व्यूतिए सरकारमा जाने तथा विघटनलाई नै सदर भए गठबन्धनमा चुनावमा जान देउवा र ओलीबीच समझदारी भएको आशंका पौडेल पक्षको छ ।

सोही आशंकालाई बल पुग्ने गरी देउवा ओलीप्रति नरम बनेको तथा औपचारिकताका लागि मात्र पुस १३ मा विरोध प्रदर्शन गरेको बताइन्छ ।

तत्काल आन्दोलनमा जान देउवाको अनिच्छाले नेकपाको दाहाल-नेपाल खेमाले संयुक्तरूपमा गर्ने भन्नेको सरकारविरूद्ध आन्दोलन पनि अघि बढ्न सकेको छैन । अरू दलले संयुक्त आन्दोलनमा अनिच्छा देखाएपछि दाहाल-नेपाल समूहले एक महिनाको एकल आन्दोलन घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : २५ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको