शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै « Khabarhub

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ ।

नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ सेप्टेम्बर २३ मा रामसार साइट सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे–गुम्बा यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।

फोक्सुण्डो ताल मात्र नभएर कर्णालीको पहिचान पनि हो । उच्च हिमालमा हिउँबाट पग्लिएको कञ्चन पानीबाट निर्मित ताल र यहाँको निकुञ्जको मनमोहक वातावरणले दुनियाँको मन लोभ्याउने गरेको छ । यसलाई जोगाउनका लागि निकुञ्जले पछिल्लो वर्ष ठूलो मेहनत गरेको देखिन्छ ।

निकुञ्ज जोगाउनु र यहाँका सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउनु अहिले मुख्य भूमिका भएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए । सोही अनुसार अहिले जनसाधारणसँग निकुञ्जको महत्व र यहाँबाट लिन सकिने सेवाका विषयमा समेत सचेतना फैलाउने काम भएको छ । सन् २०१८ मा दुई हजार ७२ र सन् २०१९ मा चार हजार १३६ नाउर रहेका थिए । सन् २०२० को नतिजा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : ४० बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम