कीर्तिमानी आरोही शेर्पाले हस्तानान्तरण गरे स्वास्थ्य चौकी भवन « Khabarhub

कीर्तिमानी आरोही शेर्पाले हस्तानान्तरण गरे स्वास्थ्य चौकी भवन


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ पटक सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले स्वास्थ्य चौकी भवन निर्माण गरी गाउँलेलाई हस्तानान्तरण गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक समारोहबीच स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेका हुन् । माउण्ट एभरेस्ट समिटर्स क्लब रोल्वालिङ दोलखाको २० औं वार्षिकोत्सवको अवसर पारी आरोही शेर्पाले निर्माण सम्पन्न सो भवन अबदेखि क्लबकै संरक्षण र रेखदेखमा रहने गरी गाउँलेलाई नै हस्तान्तरण गरेका हुन् ।

सरस्वती नगरस्थित क्लबको सभाहलमा भवन हस्तान्तरण गर्दैगर्दा शेर्पाले समयमै उपचार नपाई बितेका आफ्ना बुवा र गाउँले आमाबुवाको स्मरणमा आफूले उक्त भवन निर्माण गरेको बताए ।

“सन् २००४ मा मेरो बुवा खुट्टा सम्बन्धी रोगले बित्नुभयो । सुरुमा उहाँको के रोग हो, गाउँमा कसैले थाहा पाएनन् । जब एक्कासी गाह्रो साह्रो भयो, उहाँलाई हेलिकप्टरमा काठमाडौँको हस्पिटल ल्याइयो र त्यहीँ मृत्यु भयो । त्यतिबेला म सानै थिँए । यदी गाउँमै एउटा स्वास्थ्य चौकी, एउटा डाक्टर र नर्स भएको भए, उहाँको रोग के हो थाहा हुन्थ्यो, रोगै पत्ता नलागेपनि तुरुन्तै काठमाडौँ जानु भन्ने सल्लाह मिल्थ्यो । मेरो बुवाको ज्यान बच्न सक्थ्यो,” भावुक हुँदै उनले भने ।

अब गाउँमा उपचारकै अभावमा कसैले अनाहकमा ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य चौकी बनाएको उनले बताए ।

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ११ : ५९ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ