मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु « Khabarhub

मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।

अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए ।

सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ भएयता ५० जना फ्रान्सेली सैनिकको मृत्यु भएको फ्रान्सेली सैनिक मुख्यालयले जनाएको छ ।

उक्त घटनामा अर्का एक सैनिक घाइते भएका छन् । मालीमा जारी जिहादी आक्रमणलाई निस्तेज बनाउन फ्रान्सेली सेना मालीमा तैनाथ गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सैनिकको मृत्यु भएकामा दुःख प्रकट गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  २ : ४३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको