चुनाव तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

चुनाव तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमै चुनाव हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनाव नहोला कि भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरेका हुन।

‘वैशाखमा प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन भनेर, तपाइँहरु भ्रमको पछि नलाग्नुहोस्’, उनले भने, ‘चुनाव वैशाख १७ र २७ गते हुन्छ।’

उनले चुनाव हुँदैन कि भनेर भ्रममा नपरी तयारीमा जुट्न समेत आग्रह गरे ।

उनले संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएको समेत बताए । मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको उनले बताएका थिए ।

उनले संसद विघटन भइसकेको हुँदा अब पुनस्थापना नहुने ठोकुका गरे । आफ्नै पार्टीभित्रका नेताहरुले सरकारको काम गर्न नदिएको आरोप दोहोर्‍याए।

हेरौँ भिडियो

ओलीले पार्टीविरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे ।

पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्न सकिन्छ भन्ने किसिमले मात्रै बैठकमा बस्ने गरेको दावी गरे । ओलीले बितेका ३ वर्षमा पार्टी गतिशील नभएको र अहिले आएर अनेरास्ववियु गतिशील भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अपमान गर्नेहरुलाई लाज हुनुपर्ने बताए । उनले भने,“देशले पहिलोपल्ट महिला राष्ट्रपति पाएको छ । गरिमामय, जिम्मेवार ढङ्गले व्यवहार गर्ने, सालिन र भद्र महिला जसमा असाधारण देशभक्ति छ ।”

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ४ : ५९ बजे

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा