‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि दिल्ली लगिने « Khabarhub

‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि दिल्ली लगिने


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि दिल्ली लगिने भएको छ ।

सोमबार सीता दाहाललाई उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका हुन् ।

सीताको उपचारका लागि दिल्ली लगिने भएपछि अध्यक्ष प्रचण्ड पनि दिल्ली जाने भएका छन् ।

आजको स्थायी समिति बैठकमा उनले आफू पत्नीको उपचारका लागि मुम्बई जानु परेका कारण भोलिको बैठकमा नआउने जानकारी गराएका थिए ।

गत बुधबार एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

बिहीबार अस्पतालबाट डिस्चार्ज भए पछि उनी घरमै रहेकी थिइन्। उनलाई थप उपचारका लागि सोमबार भारत लग्ने तयारी भएको हो।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ३३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको