सञ्चार मन्त्रालयद्वारा निर्वाचनको पूर्वतयारीबारे मातहतका निकायसँग छलफल  « Khabarhub

सञ्चार मन्त्रालयद्वारा निर्वाचनको पूर्वतयारीबारे मातहतका निकायसँग छलफल 


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन गर्नुपर्ने आवश्यक पूर्वतयारीबारे मातहतका निकायसँग छलफल गरी राय–परामर्श लिएको छ ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका पदाधिकारीले निर्वाचनका समयमा सेवा प्रवाहमा संस्थागत क्षमता विकास गर्न मन्त्रालयका तर्फबाट सहजीकरणका लागि गरिएको अपेक्षामा केन्द्रित रही सुझाव दिइएको हो ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेअनुरुप निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ ।

मन्त्रालयले पनि आफ्ना मातहतका निकायलाई निर्वाचनको वातावरण बनाउन र निर्वाचनको तयारीलाई थप प्रभावकारी कसरी तुल्याउन सकिन्छ भनी परामर्श थालेको हो ।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रतिनिधिसभा निर्वाचनमा आमसञ्चारका माध्यमबाट जनतासमक्ष सन्तुलित र वस्तुनिष्ट सूचना प्रवाहलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनी सुझाव माग गरे ।

उनले भने, “स्वतन्त्रताको उपयोग गर्दा अरूको मर्यादामा पनि त्यतिकै ध्यान पु¥याउनुपर्छ, सत्य र तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न आम सञ्चारमाध्यमलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन के कस्ता विषयमा ध्यान पु¥याउन आवश्यक छ, विगतका अनुभवका आधारमा सुझाव आओस् ।”

छलफलमा मन्त्रालय मातहतका निकायका पदाधिकारीले आ–आफ्नो संस्थाको कार्य जिम्मेवारी, कर्तव्य, दायित्व र निर्वाचनमा गर्न सक्ने योगदानबारे स्पष्ट गरे ।

आवधिक निर्वाचन मुलुककै ठूलो पर्व भएकाले तोकिएका जिम्मेवारीलाई चुस्त र प्रभावकारी तुल्याउन लाग्ने थप आर्थिक दायित्व र उपकरणको उपलब्धताका लागि मन्त्रालयबाट सहजीकरण होस भनी उनले आग्रह गरे ।

निर्वाचनका समयमा दूरसञ्चार प्रदायक कम्पनीबाट हुने सेवा प्रवाहलाई निर्वाचन मैत्री बनाउन तथा रासस, टेलिजिन, रेडियो र गोरखापत्र संस्थानले निर्वाचन विशेष बुलेटिन, कार्यक्रम, परिसंवाद, छलफल, अन्तर्वार्ता, काउनडाउन, आलेख, स्थलगत रिपोर्टिङलाई सन्तुलित र वस्तुनिष्ट तुल्याउँदै प्राथमिकताका साथ प्रचारप्रसार गर्ने अठोट व्यक्त गरेका छन् ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले निर्वाचनका समयमा विगतमा झैँ राससबाट निर्वाचन विशेष बुलेटिन तयार गर्ने, स्थानीय तहसम्म समाचारदाता खटाएर वस्तुनिष्ट र सन्तुलित समाचार, तस्वीर, श्रव्य सङ्कलन गरी प्रकाशन र प्रसारण गरिने जानकारी दिए ।

राष्ट्रिय पर्वकै रुपमा सञ्चालन हुने निर्वाचनसम्बन्धी समाचारमा छिटोछरितो र गुणस्तरीय तुल्याउन थप जनशक्ति तथा उपकरण आवश्यक पर्ने भएकाले त्यसका लागि लाग्ने थप आर्थिक दायित्वबारे सहजीकरण गरिदिन मन्त्रालयसँग उहाँले अनुरोध गरे ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : २८ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान