सञ्चार मन्त्रालयद्वारा निर्वाचनको पूर्वतयारीबारे मातहतका निकायसँग छलफल  « Khabarhub

सञ्चार मन्त्रालयद्वारा निर्वाचनको पूर्वतयारीबारे मातहतका निकायसँग छलफल 


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन गर्नुपर्ने आवश्यक पूर्वतयारीबारे मातहतका निकायसँग छलफल गरी राय–परामर्श लिएको छ ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका पदाधिकारीले निर्वाचनका समयमा सेवा प्रवाहमा संस्थागत क्षमता विकास गर्न मन्त्रालयका तर्फबाट सहजीकरणका लागि गरिएको अपेक्षामा केन्द्रित रही सुझाव दिइएको हो ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेअनुरुप निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ ।

मन्त्रालयले पनि आफ्ना मातहतका निकायलाई निर्वाचनको वातावरण बनाउन र निर्वाचनको तयारीलाई थप प्रभावकारी कसरी तुल्याउन सकिन्छ भनी परामर्श थालेको हो ।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रतिनिधिसभा निर्वाचनमा आमसञ्चारका माध्यमबाट जनतासमक्ष सन्तुलित र वस्तुनिष्ट सूचना प्रवाहलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनी सुझाव माग गरे ।

उनले भने, “स्वतन्त्रताको उपयोग गर्दा अरूको मर्यादामा पनि त्यतिकै ध्यान पु¥याउनुपर्छ, सत्य र तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न आम सञ्चारमाध्यमलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन के कस्ता विषयमा ध्यान पु¥याउन आवश्यक छ, विगतका अनुभवका आधारमा सुझाव आओस् ।”

छलफलमा मन्त्रालय मातहतका निकायका पदाधिकारीले आ–आफ्नो संस्थाको कार्य जिम्मेवारी, कर्तव्य, दायित्व र निर्वाचनमा गर्न सक्ने योगदानबारे स्पष्ट गरे ।

आवधिक निर्वाचन मुलुककै ठूलो पर्व भएकाले तोकिएका जिम्मेवारीलाई चुस्त र प्रभावकारी तुल्याउन लाग्ने थप आर्थिक दायित्व र उपकरणको उपलब्धताका लागि मन्त्रालयबाट सहजीकरण होस भनी उनले आग्रह गरे ।

निर्वाचनका समयमा दूरसञ्चार प्रदायक कम्पनीबाट हुने सेवा प्रवाहलाई निर्वाचन मैत्री बनाउन तथा रासस, टेलिजिन, रेडियो र गोरखापत्र संस्थानले निर्वाचन विशेष बुलेटिन, कार्यक्रम, परिसंवाद, छलफल, अन्तर्वार्ता, काउनडाउन, आलेख, स्थलगत रिपोर्टिङलाई सन्तुलित र वस्तुनिष्ट तुल्याउँदै प्राथमिकताका साथ प्रचारप्रसार गर्ने अठोट व्यक्त गरेका छन् ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले निर्वाचनका समयमा विगतमा झैँ राससबाट निर्वाचन विशेष बुलेटिन तयार गर्ने, स्थानीय तहसम्म समाचारदाता खटाएर वस्तुनिष्ट र सन्तुलित समाचार, तस्वीर, श्रव्य सङ्कलन गरी प्रकाशन र प्रसारण गरिने जानकारी दिए ।

राष्ट्रिय पर्वकै रुपमा सञ्चालन हुने निर्वाचनसम्बन्धी समाचारमा छिटोछरितो र गुणस्तरीय तुल्याउन थप जनशक्ति तथा उपकरण आवश्यक पर्ने भएकाले त्यसका लागि लाग्ने थप आर्थिक दायित्वबारे सहजीकरण गरिदिन मन्त्रालयसँग उहाँले अनुरोध गरे ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : २८ बजे

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को