शिक्षा मन्त्रालयले थाल्यो योग दिवसको तयारी « Khabarhub

शिक्षा मन्त्रालयले थाल्यो योग दिवसको तयारी


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी यस वर्षको राष्ट्रिय योग दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ ।

राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकमा आज शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना सङ्क्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिनुपर्ने बताए ।

सरकारले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।

मुल समारोह समितिका अध्यक्ष मन्त्री श्रेष्ठले यस वर्षको आदर्श वाक्य तय गरी राष्ट्रव्यापीरुपमा योग मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिए ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले संघ र प्रदेशस्तरमा भर्चुअल माध्यमबाट दिवस मनाउने तयारी भएको जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : ४३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको