पाकिस्तानी सरकार र सेनाले लगातार अल्पसंख्यकहरुमाथि आक्रमण गरेपछि आक्रोश बढ्दो « Khabarhub

पाकिस्तानी सरकार र सेनाले लगातार अल्पसंख्यकहरुमाथि आक्रमण गरेपछि आक्रोश बढ्दो


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्कटल्याण्ड- पाकिस्तानमा धार्मिक अल्पसंख्यक समुदायहरुमाथि आक्रमण तथा उनीहरुका धार्मिक स्थलहरुमा समेत आक्रमणका घटना बढेको छन्।

गत बुधबार खैबर पख्तूनख्वामा एक मुस्लिम धर्मगुरुको अगुवाईमा सयौंले एक हिन्दु समाधिस्थलमा हमला गरी भत्काइदिएका थिए।

प्रान्तको करक जिल्लामा हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थलाई मुस्लिम समूहले भत्काइदिएपनि सरकारले कुनै कार्वाही गरेको छैन। यो क्षेत्र हिन्दुहरुको निकै महत्वपूर्ण क्षेत्र हो।

परम हंसजी महाराजका अनुयायीहरु त्यस क्षेत्रमा पूजा(पाठ गर्न आउने पवित्र स्थल पनि हो। सन् १९९७ मा मुस्लिम अतिबादीहरुले मन्दिर भत्काइएपछि त्यहा अझै मन्दिरको पुनर्निर्माण हुन सकेको छैन।

यो धार्मिक स्थलमाथि मुस्लिम अतिबादीबाट गरिएको आक्रमणको भिडियो समाजिक संजालमा भाइरल भएसँगै चरम असन्तुष्टि बढेको छ। सामाजिक सञ्जालमा इमरान खान, सरकार, सेनाले घटनालाई रोक्न केही पहल नगरेको भन्दै चर्को आलोचना गरिएको छ।

प्रधानमन्त्री इमरान खान र पाकिस्तनी सेनाकै उक्साहवटमा उक्त घटनाहरु भएको मानवअधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

स्रोतः जी फाइभ

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ०१ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका