पाकिस्तानी सरकार र सेनाले लगातार अल्पसंख्यकहरुमाथि आक्रमण गरेपछि आक्रोश बढ्दो | Khabarhub Khabarhub

पाकिस्तानी सरकार र सेनाले लगातार अल्पसंख्यकहरुमाथि आक्रमण गरेपछि आक्रोश बढ्दो


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्कटल्याण्ड- पाकिस्तानमा धार्मिक अल्पसंख्यक समुदायहरुमाथि आक्रमण तथा उनीहरुका धार्मिक स्थलहरुमा समेत आक्रमणका घटना बढेको छन्।

गत बुधबार खैबर पख्तूनख्वामा एक मुस्लिम धर्मगुरुको अगुवाईमा सयौंले एक हिन्दु समाधिस्थलमा हमला गरी भत्काइदिएका थिए।

प्रान्तको करक जिल्लामा हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थलाई मुस्लिम समूहले भत्काइदिएपनि सरकारले कुनै कार्वाही गरेको छैन। यो क्षेत्र हिन्दुहरुको निकै महत्वपूर्ण क्षेत्र हो।

परम हंसजी महाराजका अनुयायीहरु त्यस क्षेत्रमा पूजा(पाठ गर्न आउने पवित्र स्थल पनि हो। सन् १९९७ मा मुस्लिम अतिबादीहरुले मन्दिर भत्काइएपछि त्यहा अझै मन्दिरको पुनर्निर्माण हुन सकेको छैन।

यो धार्मिक स्थलमाथि मुस्लिम अतिबादीबाट गरिएको आक्रमणको भिडियो समाजिक संजालमा भाइरल भएसँगै चरम असन्तुष्टि बढेको छ। सामाजिक सञ्जालमा इमरान खान, सरकार, सेनाले घटनालाई रोक्न केही पहल नगरेको भन्दै चर्को आलोचना गरिएको छ।

प्रधानमन्त्री इमरान खान र पाकिस्तनी सेनाकै उक्साहवटमा उक्त घटनाहरु भएको मानवअधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

स्रोतः जी फाइभ

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ०१ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र