वुहानमा कोरोना महामारीबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई जेल सजायको ईयूबाट आलोचना, तत्काल छाड्न माग « Khabarhub

वुहानमा कोरोना महामारीबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई जेल सजायको ईयूबाट आलोचना, तत्काल छाड्न माग


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– युरोपेली संघ (ईयू) ले कोरोना भाइरसको उद्गमस्थल मानिने चिनको वुहानमा कोरोना भाइरसको महामारीबारे समाचार लेख्ने एक पत्रकारलाई चीनले चार वर्षको जेल सजायको फैसला गरेकोमा भत्सर्ना गर्दै तत्काल रिहाईको माग गरेको छ।

कोरोनाको उद्गमस्थल मानिएको वुहानबारे उनले खबर लेखेकी थिइन् । वुहानबारे खबर लेखेकै कारण उनीसहित अन्यलाई पनि चीनले निशाना बनाएको छ ।

(ईयू) को विदेश मामिला हेर्ने निकायका प्रवक्ताले बिज्ञप्ती जारी गर्दै चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई समाचार लेखेकै आधरमा चार वर्ष जेल सजाय सुनाएकोमा भत्र्सना गरेका हुन। ३७ वर्षीय जानलाई गत मे मा प्रहरीले गिरफ्तारी गरेको थियो। उनी केही महिना भोकहड्तालमा समेत बसेकी थिइन् ।

ईयूले उनको पक्राउ र जेल सजायको भत्र्सना गर्दै भनेका छ– चीनमा पत्रकार मानवअधिकारबादी तथा नागरिक समाजमा आबद्ध व्यक्तिहरुमाथीको अभिव्यक्ति स्वतन्त्रताको हनन, सूचनामा पहुँच पुर्‍याउन अबरोध, पत्रकारमाथीको धम्की र निगरानी चिन्ता बिषाय र निन्दनीय रहेको छ। बिज्ञप्तीमा उनको अबस्था अवस्था कमजोर रहेको पनि जनाइएको छ।

उनी गत फेब्रुअरीमा वुहान गई महामारीबारे रिपोर्टिङ्ग गर्ने गरेकी थिइन् । उनका रिपोर्टले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चामा आएपछि चिनियाँ अधिकारीले उनलाई गिरफ्तार गरेका थिए।

उनी मे १४ मा वुहानबाट हराएकी थिइन् भने पछि सांघाई प्रहरीले पक्राउ गरेको जनाइएको थियो ।

स्रोतः जस्ट अर्थ न्यूज

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ३१ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको