गलामा हिराको हार, मंहगा कपडा र चस्मा लगाउने बेलायती कुकुर « Khabarhub

गलामा हिराको हार, मंहगा कपडा र चस्मा लगाउने बेलायती कुकुर


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको समयमा हरेक मानिस आरामदायी जीवनयापन गर्न चाहन्छन् । यहि सपना पुरा गर्न मानिसहरु कडा मेहनत गर्दछन् । तर कतिपय अवस्थामा आरामदायी जीवन जिउने सपना पुरा नहुँदा मानिसहरु जिवनभर मेहनत गरिरहन्छन् । तर विश्वमा भने यस्तो एक कुकुर छ जसले सुखसयलमा बाचिरहेका मानिसभन्दा पनि कैयौं गुणा राजसी जीवन बिताइरहेको छ ।

बेलायतको वेल्समा एउटा यस्तो कुकुर छ जसले विश्वका कैयौं धनी मानिसभन्दा शानदार जीवन बिताउदै आएको छ । पत्यार नलाग्ला तर यस कुकुरका साथमा आफ्नै ब्याट्रीबाट चल्ने कार छ जसमा उ नियमित घुम्दछ । यतिमात्र होइन उसको गलामा बहुमुल्य हीराको पट्टा समेत छ ।

यसरी शानदार जीवन बिताउने कुकुरको नाम फैबियो हो । जसलाई बेलायकी एलिसा थोर्नेले पालेकी छिन् । एलिसा यसलाई सुखसयलका साथ राख्दै आफ्नै सन्तान सरह पाल्दै आएकी छन् ।

एलिसाले यस कुकुर किन्न नेपाली करीब ४ लाख रुपैया बराबर खर्च गरेकि छिन् । साथै अहिलेसम्म त्यस कुकुरको पालन पोषण्मा मात्र २० लाखभन्दा बढि खर्च भइसकेको छ ।

गत क्रिसमसमा एलिसाले फैबियोलाई ११ लाखभन्दा बढिको उपहार दिएकी थिइन् । उक्त कुकुरले प्रयोग गर्ने, चस्मा, कपडा लगायतका सामाग्री हजारौंको रहने गरेको छ । एलिसाका अनुसार फैबियोको खानामा मात्र मासिक १० हजारभन्दा बढि खर्च हुने गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ५ : ४४ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई