साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना « Khabarhub

साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। नयाँ कार्यालय स्थापना भएसँगै अछामसहित डोटी र बाजुराका पूर्वाधार विकाससम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनमा सहज हुने अपेक्षा गरिएको छ।

सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको धनगढीस्थित पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहत रहनेगरी डिभिजन कार्यालय स्थापना गरिएको हो।

मन्त्रिपरिषद्को गत असोज १३ गतेको निर्णयअनुसार प्रत्येक प्रदेशमा सातवटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार साँफेबगरमा कार्यालय स्थापना गरिएको हो।

डिभिजन कार्यालयले कार्यक्षेत्रभित्रका तीन जिल्लामा मोटरेबल तथा झोलुङ्गे पुल निर्माण र मर्मतसम्भारका साथै स्थानीय तहका केन्द्र जोड्ने सडक, स्थानीय सडक, सामुदायिक पहुँच सुधार परियोजना, वैकल्पिक राजमार्ग, पर्यटकीय मार्ग र सडक सुरक्षा सम्बन्धी योजना सञ्चालन गर्नेछ।

त्यस्तै, सडक निर्माण तथा स्तरोन्नतिका योजनाको कार्यान्वयनमा समेत कार्यालयले काम गर्ने डिभिजन प्रमुख सोहिन्दर यादवले जानकारी दिए।

यसअघि सुदूरपश्चिमका नौवटै जिल्लाका पूर्वाधार विकाससम्बन्धी योजना धनगढीबाट कार्यान्वयन हुँदै आएका थिए। साँफेबगरमा कार्यालय स्थापना भएपछि तीन जिल्लाका योजनाको कार्यान्वयन, समन्वय र अनुगमनमा सहजता आउने अपेक्षा गरिएको छ। कार्यालयमा १२ जनाको दरबन्दी रहनेछ।

कार्यालयको उद्‌घाटन गर्दै अछाम क्षेत्र नं. १ का सांसद भरतकुमार स्वारले कार्यालय स्थापनाले विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले पूर्वाधार विकासका कामका लागि धनगढी धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए।

अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले भौगोलिक विकटताका कारण पूर्वाधार विकासका काममा देखिने कठिनाइ कम गर्न नयाँ कार्यालय प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन कर्मचारीलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ४ : ५६ बजे

साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

अछाम- अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। नयाँ

बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै

पत्रकार राजेन्द्र विष्टको निधन

काठमाडौँ– प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ

बागमती प्रदेशले १० वर्षे विकास योजना बनाउने, मुख्यमन्त्रीको संयोजकत्वमा समिति

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गर्दै