आँखा कमजोर छ ? यसरी जाच्नुहोस् दृष्टि « Khabarhub

आँखा कमजोर छ ? यसरी जाच्नुहोस् दृष्टि


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिस आखाँको समस्याका कारण चस्मा लगाउन बाध्य छन् । यो समस्या कतिपयमा जन्मजात हून्छ भने कसैलाई परिस्थितीबस हुने गर्दछ ।

आँखामा समस्या भएपछि सामान्य दिनचर्या पनि कठिन बन्दछ । तसर्थ आँखाप्रति सर्तक र संवेदनशिल हुन आवश्यक छ । सबै मानिसमा आँखाको दृष्टि एकसमान हुँदैन । कसैको दृष्टि राम्रो हुन्छ, कसैले धमिलो देख्छन् । यस्तोमा कसरी आँखाको दृष्टि जाच्ने त ?

दृष्टि जाच्ने विधि
आँखाको दृष्टि कस्तो छ भनेर जाच्ने सरल विधि भनेको एउटा निश्चित दुरीमा, निश्चित आकारको अक्षरहरु राखेर त्यसलाई देख्न सक्ने क्षमताको आधारमा आँखाको दृष्टिको स्तर जाँच्न सकिन्छ ।

सामन्यतया दृश्यको तीक्ष्णता तीन मिटर वा ६ मिटर वा ४० सेन्टिमिटर दुरीमा राखेर नाप्ने गरिन्छ । यसैको आधारमा कसको दृष्टि सामान्य छ, कसको दृष्टिमा समस्या छ ? भनेर थाहा पाउन सकिन्छ ।

किन हुन्छ दृष्टिमा समस्या हुन्छ ?
आँखामा धेरै प्रकारको समस्या हुनसक्छ । कसैमा जन्मजात दृष्टिमा समस्या हुन्छ भने कसैमा विभिन्न संक्रमणलगायतको कारणले आँखाको ज्योति हराउन सक्छ । अझ आँखा सम्बन्धीका समस्याको सहि उपचारको अभावमा दृष्टि गुमाउनु पर्ने हुनसक्छ ।

यस अलावा अत्यधिक उज्यालो वा मधुरो प्रकाशमा पढ्ने लेख्ने, लामो समयसम्म कम्प्युटर वा मोवाइलको स्क्रिनमा हेर्ने, प्रदूषणको सम्पर्कमा आउने, पाचनसम्बन्धी विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी लगायतका कारणले दृष्टि कमजोर हुन्छ । साथै मदिराको सेवनले पनि आँखामा समस्या निम्त्याउँछ ।

सावधानी
आँखाको दृष्टको समस्या कम गर्न समयमा यसको उपचार गर्नु पर्दछ । यसकालागी चिकित्सकको परामर्श आवश्यक हुन्छ । समस्या बढ्दै गएमा शल्याक्रिया वा विशेष उपचार गर्नुपर्ने हुनसक्छ । यसका साथै खानपान र जीवनशैलीमा पनि सुधार गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : २० बजे

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी