युनाइटेडले साउथहम्पटनलाई ९-० गोल अन्तरले हरायो « Khabarhub

युनाइटेडले साउथहम्पटनलाई ९-० गोल अन्तरले हरायो


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले साउथहम्पटनमाथि गोलको बर्षा गरेको छ ।

गएराती सम्पन्न खेलमा युनाइटेडले साउथहम्पटनलाई ९-० गोल अन्तरले पराजित गरेको छ ।

युनाइटेडका लागि एन्थोनी मार्सियलले दुई गोल गरे भने एरोन वान बिस्साका, मार्कस राशफोर्ड, एडिसन कभानी, स्कट म्याकटोमीने, ब्रुनो फेर्नानडेज र डेनियल जेम्सले एक एक गोल गरेका थिए । त्यस्तै साउथहम्पटनका जान बेडनारेकले एक गोल आत्मघाती गरेका थिए ।

यस खेलमा साउथहम्पटनका एलेक्स जन्केवित्ज र जान बेडनारेकले रातो कार्ड पाएका थिए ।

योजितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ४४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग बराबरी गरेको छ । यद्यपी सिटीले दुई खेल कम खेलेको छ ।

त्यस्तै साउथहम्पटनको भने २१ खेलमा २९ अंक रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ०७ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको